अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु, ४ जना घाइते
२०७९ वैशाख १७, १०:०६
धनगढी : अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीय सुरेन्द्र विकको मृत्यु भएको हो।
चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन्। शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीय बृकेसे रावल ,५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी रहेका छन्।
कमेन्ट लोड गर्नुस