बैतडीमा ३४ जनाको उम्मेदवारी फिर्ता
२०७९ वैशाख १६, ०६:२७
बैतडीः बैतडीमा ३४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पालिका प्रमुख, उपप्रमुखसहित ३६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
पाटन नगरपालिकामा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मेलौली नगरपालिकामा पाँच जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। पञ्चेश्वर गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बैतडीमा ४४० पदका लागि एक हजार ४४२ को उम्मेदवारी परेको थियो।
कमेन्ट लोड गर्नुस