दार्चुलामा २९ जनाको उम्मेदवारी फिर्ता
दार्चुलाः दार्चुलामा २९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आ-आफ्नो स्थानीय तहमा स्थापित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट उम्मेदवार दिनेहरु रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार उम्मेदवारी फिर्ता लिनेमा पालिका अध्यक्ष ६ जना, उप्रमुख महिला २ जना, उपाध्यक्ष १ जना रहेका छन्।
दार्चुलामा कुल ३२३ पदको लागि ७७० जनाको उम्मेदवारी परेको थियो।