पुर्व प्रहरीहरुको समुहले धनगढीमा च्याउ खेती गर्दै
पुर्व प्रहरीहरुको समुहले धनगढीमा च्याउ खेतीको सुरुवात गरेको छ। नेपाल पुर्व प्रहरी कृषि सहकारी संस्था लिमिटेडले धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा २९ लाख ३९ हजारको लगानीमा च्याँउ फर्म सञ्चालन गर्ने भएको हो। साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजनाको १२ लाख ३७ हजार र संस्थाको १७ लाख २ हजारबाट १० टहरामा च्याँउ खेती गरिने भएको हो। संस्थाका अध्यक्ष जयरुप कार्कीले च्याउ खेतीका लागि टहरा निर्माणको काम जारी रहेको बताए।