च्याम्पियन्स लिगमा लिभरपुलले भिल्ला रियललाई २–० गोल अन्तरले हरायो
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २–० गोल अन्तरले हराएको छ।
गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको हो।
खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो। खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।
पहिलो लेगमा २–० गोलको अग्रता लिएको लिभरपुललाई फाइनलमा पुग्न दोस्रो लेगमा बराबरी खेलेमा पनि पुग्ने छ भने भिल्ला रियलले भने गोल अन्तरको जित निकाल्नुपर्ने छ। दुई टोलीबीचको दोस्रो लेग आउँदो मे ४ मा हुनेछ।
दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ। लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन।