बाजुराको हिमाली भेगमा चोरी शिकारी नियन्त्रण गर्न प्रहरीको गस्ती
हिमाली भेगमा हिमँपातको समयमा चोरी शिकारी हुने गरेको छ । हिमपात भएपछि तल्लो भेगमा वन्यजन्तु झर्ने, चिसोमा बढी मात्रामा बन्यजन्तुलाई बन्दुक पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ । शिकार गर्न हिमपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ती बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले बडीमालिका, बुढीनन्दा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । बन्यजन्तुको सम्भावित वासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धब सिहं भाटले वताए । चोरी शिकारी हुन सक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।
लेकाली भेगमा हिमपात भएसंगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्र रुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन । धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पन्छीहरुको समुहमा शिकार गर्ने गरेका छन ।
त्यस्तै बाजुरा जिल्लाका हिमाली भेगमा बन्यजन्तुको चोरी