सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशगजामा भारतले निर्माण गरिरहेको ट्रेन्च बारे सुदूरपश्चिम प्रदेश सभामा सरकारको धारणा माग

२०७५ माघ २४, ०४:३२ कमल सावद

भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च निर्माण र तारबार गर्ने कार्यको सुदूरपश्चिम प्रदेश सभामा सरकारको धारणा माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरुले नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले कञ्चनपुरको डोकेबजार नजिक दशगजामा ट्रेन्च निर्माण र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको बिषयमा प्रदेश सरकारको धारणा माग गरिएको हो। उनीहरुले नेपाली भूभाग र बस्ती डुबानमा पर्नेगरी हेपाहा प्रवृत्तिले मापदण्ड विपरीत निर्माण थालेको ट्रेन्चका बिषयमा प्रदेश सरकारको धारण नआएकोमा आपत्ति जनाए। प्रदेश सभाको शुन्य समयमा प्रदेश सभा सदस्य मालामाती कुमारी रानाले डोकेबजार क्षेत्रमा भारतीय पक्षले निर्माण थालेको ट्रेन्चको बारेमा प्रदेश सरकारलाई जानकारी भएपनि सरकारको धारण नआएको भन्दै प्रदेश सभालाई धारणा दिन माग गरिन्। प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले पनि सोहि विषयमा आक्रोस व्यक्त गरे। सिमानाकामा एकलौटी निर्माण थालिएकोट्रेन्चको बारेमा प्रदेश सरकार किन बोल्दैन ? डोजरको प्रयाग भइरहेको छ। प्रदेश सरकारको धारणा के हो ? उनले कुटनीतिक तवरले समस्या समाधान गर्न आग्रह गरे। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस