सुदूरपश्चिमका सांसद कर्ण मल्ल काँग्रेसबाट निष्कासित
धनगढी: नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। काँग्रेस डडेल्धुराका पूर्व सभापति एवं सासंद मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्य समेत नरहने गरि हटाइएको काँग्रेसले जनाएको छ।
'नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,' मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाहीपत्रमा खुलाइएको छैन।