कञ्चनपुर शुक्लाफाँटाको मेयरमा माओवादीले दियो दुई जनालाई टिकट, अब के हुन्छ ?
कञ्चनपुर: कञ्चनपुरमा नेकपा माओवादी केन्द्रबाट दुई जनाले उम्मेदवारी दिन खोजेपछि विवाद भएको छ। शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट लोकेन्द्रबहादुर ऐरी र नवराज ऐरी दुवैले उम्मेदवारी दिन खोज्दा विवाद उत्पन्न भएको हो।
उनीहरु दुवैसँग माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको हस्ताक्षरसहितको मेयरको टिकट छ। दुवैले आफू माओवादी केन्द्रको आधिकारिक उम्मेदवार भएको जिकिर गरेका छन्। अहिले मुख्य निर्वाचन कार्यालयले दुवैको उम्मेदवारी दर्ता रोकेको बताएको छ।।
जसले पहिला आधिकारिकता पुष्टि हुने कागजपत्र ल्याउँछ उसैको उम्मेदवारी दर्ता हुने निर्वाचन कार्यालयले जनाएको छ।