अछामको बाटुलासैनको वडा सदस्यमा मिनाको मनोनयन दर्ता
अछाम: अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैनमा नेपाली काँग्रेसकी नेतृ मिना खत्री विष्टले वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। सोमबार गाउँपालिका रहेको स्थानीय निर्वाचन कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।
काँग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत रहेकी उनी नेपाली काँग्रेसमा सक्रिय राजनीतिमा छिन्। यसअघि नेकपा एमालेको भातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भएर राजनीति सुरु गरेकी मिना एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् भङ्ग गरेपछि नेपाली काँग्रेसमा प्रवेश गरेकी थिइन्।