कञ्चनपुरमा टिकट नपाएपछि कांग्रेस क्षेत्रीय सभापतिलगायत १३ जनाले दिए राजीनामा
धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति लालबहादुर सिंहलगायत १३ जनाले राजीनामा दिएका छन्।
कांग्रेसले शुक्लाफाँटामा चिन्तामणी भट्टलाई मेयर र कल्पना पन्तलाई उप मेयरको उम्मेदवार बनाएको छ। उनीहरुलाई उम्मेदवार बनाएपछि क्षेत्रीय सभापति सिंह र महाधिवेशन प्रतिनिधि मधु बोहरालगायतका १३ जनाले पार्टीबाट राजीनामा दिएका हुन्।
सभापति सिंह र महाधिवेशन प्रतिनिधि बोहरा आफैँ मेयरका दाबेदार थिए। यी दुबै जना कांग्रेसको आन्तरिक राजनीतिमा नेता एनपी साउद निकट मानिन्छन। मेयरको टिकट पाउने भट्ट पनि यही समूहका हुन्। इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै शक्ति र पहुँचका आधारमा टिकट वितरण गरिएको भन्दै राजीनामा घोषणा गरेको उनीहरुले बताएका छन्।