सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, १० बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख ११, ०७:३७ रासस

ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १२ जना आप्रवासी शरणर्थीको मृत्यु भएको छ। 

घटनामा अन्य १० जना हराइरहेको प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले आइतबार सरकारी अधिकारीलाई उद्धृत गरी लेखेको छ।

रेडियाका अनुसार, डुङ्गामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स शहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ।

पीडितहरू भूमध्यसागर पार गरेर इटाली जाने प्रयास गरिरहेका समय खराब मौसमका कारण डुङ्गा दुर्घटना भएको हो। 

गैरकानुनी आप्रवासीहरूको हजारौंको सङ्ख्याले हरेक वर्ष भूमध्यसागर पार गर्ने प्रयास गर्छन्। ट्युनिसिया अवैधरूपमा युरोप छिर्ने केही मुख्य नाकाहरूमध्ये एक हो।
 

कमेन्ट लोड गर्नुस