सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्क गरिएको विमानमा भेटियो १० हजार डलर, राजस्व अनुसन्धानलाई बुझाइयो

२०७९ वैशाख ११, ०५:५३ खबर संवाददाता

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ। 

उक्त डलर शनिबार साँझ बरामद गरेको प्रहरीले जनाएको छ। बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो। बरामद डलर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

कमेन्ट लोड गर्नुस