सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एमाले सांसद र मेयर सवार गाडीको ठक्करबाट दुई जना घाइते

२०७९ वैशाख ११, ०४:३९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार सरकारी गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ मा बा १३७६ नम्बरको सरकारी गाडी (जीप) ले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। 

जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका १८ वर्षीय राजकुमार राना र २३ वर्षीय करन राना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ। राजकुमारले मोटरसाइकल चलाइरहेका थिए भने करन पछाडि सवार थिए। उनीहरु दुबै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ। यस्तै मोटरसाइकल र जिप प्रहरीले नियन्त्रणमा लिएको छ। जिप चालक भनेर फरार छन्।

जिपमा निरुदेवी पाल लगायतका सांसद र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सवार थिए। जिप धनगढी तर्फ आउदै थियो।

कमेन्ट लोड गर्नुस