सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तालमेलः कांग्रेस एक्लै, माओवादी र समाजवादी मिल्ने

२०७९ वैशाख ११, ०१:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सत्ता गठबन्धनबीच भागबण्डामा कुरा नमिलेपछि आसन्न स्थानीय तह निर्वाचनमा नयाँ समीकरण बन्ने भएको छ। नेपाली कांग्रेसले पेल्न खोजेको भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनावमा जान लागेका हुन्।

दुई पार्टीका नेताहरूबीच बैठक चलिरहेको बताउँदै कांग्रेसबाहेक मिलेर जाने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ। कञ्चनपुरका नौ स्थानीय तहमध्ये माओवादीले तीन र एकीकृत समाजवादीले तीन तहमा दाबी गरेपछि कांग्रेस सहमति गर्न तयार नभएको हो।

कञ्चनपुर कांग्रेस नेता एनपी साउद र रमेश लेखकको गृहजिल्ला हो। उनीहरू दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रका पालिका माओवादीलाई दिन नमानेपछि सहमति नभएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस