एमालेले कञ्चनपुरका ५ स्थानीय तह प्रमुखको उम्मेदवारी टुंगायो
कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरका ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ। ९ मध्ये शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ।
लालझाडी गाउँपालिकामा भने निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार बनाइसकिएका थिए। यस्तै भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ। उक्त विषयमा छलफल जारी छ।