सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा काफल खान गएका ७ बालक रुख ढल्दा घाइते 

२०७९ वैशाख १०, ०६:४८ खबर संवाददाता

बाजुरा: बाजुरामा रूखमा चढेर काफल खाने क्रममा रूख नै ढलेपछि ७ जना बाल घाइते भएका छन्। घाइते हुनेमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दिपक रावल, १६ वर्षीय कमल रावल, भीम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन रावल रहेका छन्। शनिवार साँझ उनीहरू सोही वडाको खर्रा भन्ने ठाउँमा काफल खान गएका थिए।

७ जनामध्ये ३ को अवस्था गम्भीर छ। उनीहरूको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस