सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वडा अध्यक्षमा चुनाव लड्न दुई शिक्षकले दिए राजीनामा

२०७९ वैशाख ९, ०४:४६ खबर संवाददाता

डडेल्धुराः आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुरामा दुई शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउँपालिका–१ का चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन्।

ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन्। इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ। उनको राजीनामा आइतबारदेखि लागू हुने प्रमुख जोशीले बताए।

देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्ष तथा ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुवना लड्ने तयारीमा रहेको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस