सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमले सुदूरपश्चिममा दुरसंञ्चार सेवालाई सुधार गर्न सकेन्

२०७५ माघ २३, १०:५३ सीताराम ओझा

स्थापनाको १५ औं बार्षिकोत्वि मनाएको नेपाल टेलिकमले सुदुरपश्चिममा आफ्नो सेवालाई सुधार गर्न सकेको छैन् । सुदुरपश्चिम प्रदेशको आधा जनसंख्याले टेलिकमको सेवा प्रयोग गर्दै आएपनि यसले सञ्चार सेवा प्रभावकारी बनाउन नसकेको हो । धनगढी आसपासकै क्षेत्रमा विग्रिने टेलिफोन मर्मतका लागि पनि हप्तौ दिन लाग्ने गरेको छ । 

नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीयाका निर्देशक बुद्धकृष्ण मानन्धरका अनुसार सुदुरपश्चिम प्रदेशमा नेपाल टेलिकमले विभिन्न किसिमले सेवा विस्तार र सुसवधा थप दिने कार्य गरिरहेको छ । तर बर्षेनी टेलिकमले दुर संञ्चार सेवा दिनका लागि कार्यक्षेत्र बढाउँदै लगेको भएपनि सेवालाई प्रभावकारी बनाउन भने ध्यान दिन सकेको छैन । अत्याधुनिक प्रविधि सहित नयाँ नयाँ सेवा भित्र्याईरहँदा पनि त्यसको गुणस्तर र व्यवस्थापनको पाटो भने फितलो रहेको छ । तर अव यसलाई सुधार गर्ने क्षेत्रीय निर्देशक मानन्धरको दावी रहेको छ । 

ल्याण्डलाईन मोबाईल ईन्टरनेट लगायतका विभिन्न दुरसञ्चारसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ । खासगरी मोवाईलमा आउने समस्याहरु केही समयमा समाधान हुँदै आएपनि ल्याण्डलाईन र ईन्टरनेट सेवामा भने लापरवाही हुँदै आएको छ । धनगढी क्षेत्रमै ल्याण्ड लाईन सेवा अवरुद्ध भएमा हप्तौ दिनसम्म लाग्ने गरेको छ । तर अव तीन किसिमले मर्मतको तालिका बनाएर छिटो मर्मत र सेवालाई प्रभावकारी बनाउने योजना अघि वढाएको नेपाल टेलिकम धनगढी शाखाका प्रमुख डाक्टर विमल आचार्यले बताए । 

८८ वटा स्थानीय तह रहेको सुदुरपश्चिम प्रदेशका कतिपय तहहरु अझैसम्म सञ्चार सुविधा विहीन रहेका छन् । सुदुरपश्चिम प्रदेशभरी नयाँ विटिएस एक्टेन्सन लगायतका उपकरण जडानको कामलाई पनि तिव्रता दिईएको टेलिकमको भनाई छ । यसले पनि सञ्चारको पहुँच वृद्धि गराउन मदत्त मिल्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालकाय सिनियर ईन्जिनियर जगदीश लेखकले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस