डोटीमा २ महिला पत्रकार पालिका उपाध्यक्ष लड्दै
२०७९ वैशाख ९, ०३:५६
धनगढीः डोटीमा दुई महिला पत्रकार पालिका उपाध्यक्ष बन्ने दौडमा देखिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा रश्मि कुँवर र आदर्श गाउपालिकामा लक्ष्मी रोकायाले उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन्।
कुँवर रेडियो डोटीमा कार्यरत छन्। उनीहरुले नेपाली काँग्रेसबाट चुनाव लड्ने तयारी थालेका हुन्।
कमेन्ट लोड गर्नुस