दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप
धनगढीः दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो।
शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र शिशाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए। झडपमा गाडीका शिशा फुटाइएको र एमालेका कार्यकर्ता घाइते भएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुव्र विष्टका अनुसार शुक्रबार नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको थियो। उनले एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको बताए।