नायिका वर्षा शिवाकोटी इन्जिनियर प्रेमीसँग लगनगाँठो कस्दै

धनगढीः नायिका केकी अधिकारीले सट्याकसुटुक बिहे गरेको भोलिपल्ट अर्की नायिकाले पनि उही शैलीमा लगनगाँठो कस्दैछिन्। आज गोप्य तवरले विवाह गर्न लागेकी यी नायिका हुन् वर्षा शिवाकोटी।
अमेरिका बस्ने एक पुरुषसँग वर्षाले आज विवाह गर्न लागेको निकट स्रोतले बतायो। ती पुरुषसँग उनी केही समयदेखि रिलेसनसीपमा थिइन्। स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका ती पुरुष इन्जिनियर हुन्।
वर्षा दुई महिनाअघि मात्रै अमेरिका गएर फर्किएकी थिइन्। त्यहीबेला विवाहको निधो भएको अनुमान गरिएको छ। विवाहमा सीमित आफन्त र साथीभाईलाइ बोलाइएको छ। धेरै चलचित्रकर्मीहरु उनको विवाहबारे जानकार छैनन्।


