बेलौरीको मेयरका लागि नेकपा (एस)द्वारा ३ जनाको नाम सिफारिस
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले ३ जनाको नाम सिफारिस गरेको छ। पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद नेपाली, नेता तिलक भट्ट र मायाराम शर्माको नाम नगर प्रमुख पदका लागि सिफारिस गरिएको बताइएको छ।
त्यसैगरी उप प्रमुख पदका लागि पनि ३ जना चक्र कठायत, सुरेन्द्र शाही र मञ्जु सुनारको नाम सिफारिस गरिएको छ। पार्टीको बेलौरी नगर कमिटिको पूर्ण बैठकले नगर प्रमुख र उप प्रमुख पदका आकांक्षीहरुको नाम सिफरिस गरेको हो।