सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

। फोटो स्रोत ।
२०७५ माघ २३, १०:४३

भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ। 
तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन्। गत वर्ष स्वाइन फ्लूका बिरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो। यस वर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ। जनवरी २९ सम्म स्वाइन फ्लूका विबामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ। रासस
 

कमेन्ट लोड गर्नुस