सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

२०७९ वैशाख ९, ०५:४४ रासस

सोल : दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ। यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना सङ्क्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो। गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ। यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ। 

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ।  दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ। उक्त संख्या कुल जनसंख्याको ८६।८ प्रतिशत भएको जनाइएको छ। -सिन्ह्वा
 

कमेन्ट लोड गर्नुस