कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल माओवादी प्रवेश
धनगढीः नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। उनी बेलौरी नगरपालिका–२ को वडा कार्यसमिति सचिव हरिराम जोशीसहित माओवादी प्रवेश गरेका हुन्।
कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेको बताइएको छ। उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन्।