सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासको मेयरका लागि नेकपा (एस)द्वारा ४ जनाको नाम सिफारिस

२०७९ वैशाख ८, ०५:२१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले ४ जनाको नाम सिफारिस गरेको छ। बुधबार बसेको  बैठकले पुनर्वास नगरप्रमुखका लागि ४ जना र उपप्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको हो।

मेयर पदमा आरपी सार्की, स्थिर प्रसाद घिमीरे, पूर्णा कुमारी गुरुङ र जीवनराज थापाको नाम  सिफारिस भएको छ। त्यस्तै उपप्रमुखमा टेकबहादुर थापा, पार्वती हमाल र दिलिप तामाङको नाम सिफारिस भएको एकीकृत समाजवादी पार्टी पुनर्वास नगर कमिटीले जनाएको छ। 

गठबन्धन हुने पक्का भएपछि पुनर्वास नगरपालिकामा मेयर पद एकीकृत समाजवादीको भागमा पर्ने निश्चित छ। ४ जनामध्ये मेयर पदमा पुनः अहिलेकै मेयर जिवनराज थापाकै चर्चा बढी सुनिने गरेको छ। उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पनि हुन्। त्यसैले पनि उनी मेयरमा दोहोरिने सम्भावना बढी देखिन्छ।

कमेन्ट लोड गर्नुस