सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लेकमका अध्यक्ष जोशीले सार्वजनिक गरे आफ्नो कार्यकालमा भएका काम 

२०७९ वैशाख ८, १०:४८ खबर संवाददाता

दार्चुला: दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीले आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा उल्लेखनिय कामहरु भएका दाबी गरेका छन्। 

गाउँपालिकाकै बजेटमा ७० किलोमटर सडकको ट्याक खुलेको,  उज्यालो लेकम, समृद्ध लेकम अभियान अन्तरगत विद्युत विस्तारमा तिब्रता दिइएको, ५० प्रतिशत घरमा बिजुली बाल्न सफल भएको र आर्थिक वर्ष २०७६÷०७७ सालदेखि गाउँपालिकाभित्रका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको उनले बताए।  

यस्तै विभिन्न विद्यालयमा प्राविधिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन भएको, गाउँपालिकाका चार ओटै स्वास्थ्य संस्थाबाट ल्याब र अल्टासाउण्ड सेवा सञ्चालन भएको र दुई वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा सञ्चालन गरिएको अध्यक्ष जोशीको भनाई  छ।

कमेन्ट लोड गर्नुस