सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कांग्रेस र माओवादीको यस्तो भागबन्डा, नेकपा (एस)लाई समेटिएन

२०७९ वैशाख ७, ०८:२९ खबर संवाददाता

धनगढी : दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाँडफाँड टुंग्याएका छन्। गठबन्धनका प्रमुख दलहरुले नेकपा नेकपा (एकीकृत समाजवादी)लाई नसेमेटेरै पालिका बाँडफाँड टुंग्याएका हुन्।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ। जसअनुसार माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।

माओवादीले मालिकार्जुन र व्याँस गाउँपालिकाको उपाध्यक्ष र कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाउनेछ। कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ। समाजवादीले भने महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था हुँदाहुँदै एकतर्फी ढंगले निर्णय गरिएको भन्दै प्रदेश संयन्त्रमा विषय प्रवेश गराउने जनाएको छ।


 

कमेन्ट लोड गर्नुस