सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाइसी महिला गोल्डकपः आयोजक वनदेवी सेमिफाइनलमा

२०७९ वैशाख ६, ०८:५४ खबर संवाददाता

धनगढीः आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसीमहिलागोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमापुगेको छ । मंगलबार चौथो दिन धनगढी रंगशालामाभएको खेलमाकालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो।

वनदेवीलाई सेमिफाईनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन्। पहिलो हाफको ६ औं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन्। खेलको निर्धारित समय सकिनु भन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन् । त्यस पछि कुनै पनि गोल हुन नसके पछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो । सेमिफाइनलमा अव वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी वनदेवीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याचभइन्। उनले नगद ५ हजार सहित ट्रफी पाईन् । वनदेवी युवाक्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाईनल खेल हुनेछ। पहिलो सेमिफाईनल खेलमा विभागीय टोलीहरु एपिएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। विहीवार दोस्रो सेमिफाइनल खेल हुनेछ। विहीवारको सेमिफाईनलमा आयोजक वनदेवी युवाक्लब र नेपाल पुलिस क्लब खेल्नेछन्। 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ। प्रतियोगितामाको म्यान अफदीम्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ। 
 

कमेन्ट लोड गर्नुस