सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य 

२०७९ वैशाख ६, ११:२४ खबर संवाददाता

काठमाडौं: आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो।

हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस