सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वनबेहडामा कुमारी बैंकको शाखारहित सेवा 

२०७९ वैशाख ५, ०३:४१ खबर संवाददाता

कैलाली: कुमारी बैंकले कैलालीको वनबेहडामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। कुमारी बैंक लिमिटेड अत्तरीया शाखा अन्तर्गत गौरीगंगा नगरपालिकाको बनबेहडा बजारमा उक्त बैंकिङ्ग सेवा सुरु भएको हो। 

शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने, वित्तिय पहुँच बिस्तार र डिजीटल बैंकिङ्घलाई प्रवृद्र्धन गरिने बैंकले जनाएको छ। कुमारी बैंकले देशैभरी १९८ शाखा, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १६ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

कमेन्ट लोड गर्नुस