सुदूर नेपाललाई विश्वसँग जोड्दै

मारियुपोलमा युक्रेनी सेना ‘अन्त्यसम्म लड्नेछ’ : प्रधानमन्त्री 

२०७९ वैशाख ५, ०५:४९ रासस

वासिङटन : यूक्रेनका प्रधानमन्त्रीले आइतबार आफ्नो देशको रणनीतिक रूपमा प्रयोग गरिने बन्दरगाह शहर मारियुपोल पराजित नभएको बताएका छन्। उनले भने, “रूसी आक्रमणबाट शहरलाई रक्षा गर्न घेरिएका सेनाहरूले यहाँ ‘अन्त्यसम्म लड्नेछन्’।”

किल्लामा इस्पातजस्तो उभिएका ती योद्धाहरूको आत्मसमर्पणका लागि रूसी अल्टिमेटम समाप्त भएको छ प्रधानमन्त्री डेनिस स्मिहलले एबीसीको ‘दिस विक’ कार्यक्रममा भने। उनले भने, “सहर अझै हारेको छैन। हाम्रा सिपाहीहरू र हाम्रो फौज अझै त्यहाँ लडिरहेको छ। तिनीहरूले अन्तसम्मै युद्ध गर्नेछन्।” 

यसअघि आइतवार नै रुसको रक्षा मन्त्रालयले युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको थियो। रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गरेको बताइएको थियो। -एएफपी

कमेन्ट लोड गर्नुस