सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फाइभ स्टार ग्रुपले सञ्चालनमा ल्यायो युपिभिसी उद्योग

२०७९ वैशाख ३, ०६:१७ खबर संवाददाता

धनगढीः धनगढीमा फाइभ स्टार ग्रुपले युपिभिसी उद्योग सञ्चालनमा ल्याएको छ। धनगढी उपमहामनगरपालिकाको वडा नम्बर ४ स्थित सहिद गेट नजिकै फाइभ स्टार ग्रुपले युपिभिसी उद्योग सञ्चालनमा ल्याएको हो।

शुक्रबार एक कार्यक्रमका बीच निमेश ड्राइभिङ र युपिभिसी उद्योगको उद्घाटन गरिएको हो। निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष प्रकाश सेठीले रिवन काटेर संयुक्त उद्घाटन गरेका हुन्। 

एक करोडको लगानीमा खुलेको उक्त उद्योगले गुणस्तरीय आल्मुनियमका सामाग्रीको सेवा दिने संचालक मध्येका एकजना दिपेश घर्तीले बताए। यस्तै फाइभ स्टार ग्रुप अन्तरगत धनगढीमा युपिभिसी उद्योग, निमेश ड्राइभिङ सेन्टर, धनगढी फर्निचर, उच्चाकोटी स्टिल संचालित छन्।  

कमेन्ट लोड गर्नुस