सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा विश्व सम्पदा दिवसको अवसरमा मन्दिर सरसफाई कार्यक्रम

२०७९ वैशाख ३, ०५:३७ खबर संवाददाता

डडेल्धुराः विश्व सम्पदा दिवसको अवसरमा डडेल्धुरामा सरसफाई कार्यक्रम गरिएको छ। एनएमबी बैंक शाखा डडेल्धुराले अमरगढी नगपालिकाको उग्रतारा भगवतीको  मन्दिर र अजयमेरु गाउपालिका १ मा रहेको कोला समैजी देवताको मन्दिर परिसरमा सरसफाई गरेको हो। 

सम्पदा संरक्षण गर्ने उद्देश्यका साथ मन्दिरहरुमा सरसफाई गर्नुका साथै सरसफाई गर्न प्रयोग हुुने आवश्यक सामाग्री समेत प्रदान गरिएको शाखा प्रवन्धक विरेन्द्रबहादुर भण्डारीले बताए। “सम्पदाको संरक्षण र सरोकार, सम्पन्न भविश्यको आधार” भन्ने नारासहित जिल्लाका पुराना र धार्मिक ईतिहास रहेका मद्धिरहरुको शनिबार सरसफाई गरिएको एनएमबी बैकले जनाएको छ।

कमेन्ट लोड गर्नुस