धनगढीमा निःशुल्क वाथ रोग शिविर हुने
धनगढी: कैलालीको धनगढीमा निःशुल्क वाथ रोग शिविर आयोजना हुने भएको छ। आरोग्य वाथरोग उपचार केन्द्र तथा किस्ट मेडिकल कलेजका वरिष्ठ डा. प्रयुश शर्माद्वारा निःशुल्क शिविर आयोजना हुन लागेको हो।
यही वैशाख १७ गते शनिवार धनगढीको सिभिल मेडिकेयर सेन्टरमा उक्त शिविर आयोजना हुने बताइएको छ। सुदूरपश्चिममा वाथ रोगको लागि विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरुले उपचारका लागि काठमाडौं तथा भारत जानुपर्ने बाध्यता छ। सोही कारण बिरामीको सहजताका लागि शिविर आयोजना गर्न लागिएको सिभिल मेडिकियरका सञ्चालक सुरज गोराथोकीले बताए।
नाम दर्ताका लागि ०९१५२६३७८ र ९८५१२२९३२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।