सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यकर्तालाई प्रचण्डले भनेः ढुक्क हुनुस् फाइदा हुनेगरी गठबन्धन हुन्छ

२०७९ वैशाख ३, ०३:४५ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन्।

महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए। 'हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ,' दाहालले भने। 'अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ। त्यसमा तपाइँहरु ढुक्क हुनुहोस्। गठबन्धन राष्ट्रिय आवश्यकता हो। महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,' उनले भनेका छन्।

माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरेका थिए।

कमेन्ट लोड गर्नुस