दार्चुलामा चितुवा मृत फेला
२०७९ वैशाख ३, १०:३१
धनगढी : दार्चुलामा चितुवा मृत फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका-२ कुणीमा एक चितुवा मृत फेला परेको हो।
स्थानीयले मृत चितुवा देखेपछि वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए। वन डिभिजन कार्यालय दार्चुला, रातामाटा प्रहरी कार्यालय, त्यहाँका प्रतिनिधिलगायतको रहोबरमा चितुवालाई खाडलमा गाडिएको बताइएको छ। चितुवाको मृत्युबारे भने केही खुलेको छैन।
कमेन्ट लोड गर्नुस