उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए
इस्लामाबाद [पाकिस्तान]: खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ।
सेनाको मिडिया शाखा इन्टर(सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर० बाट जारी गरिएको विज्ञप्ति अनुसार, पहिलो हमला उत्तरी वजिरिस्तानको दताखेल शहरमा भएको थियो। आतङ्ककारीहरूले गुडिरहेको सैन्य गाडीमा हमला गरेका थिए। आक्रमणमा मारिएका सैनिकको शवलाई सैन्य हेलिकप्टरबाट उत्तरी वजिरिस्तानको प्रशासनिक मुख्यालय मिरामशाहमा लगिएको छ।
सशस्त्र सेना र विद्रोहीहरू बीचको अर्को आक्रमण उत्तरी वजिरिस्तान जिल्लाको इशाम क्षेत्रमा भएको थियो जहाँ मियाँवाली सिपाही, असमतुल्लाह खान गोलीबारीमा मारिएको स्थानीय मिडियाले सैन्य मिडिया शाखा आईएसपीआरलाई उद्धृत गर्दै जनाएको छ।
यस वर्षको पहिलो तीन महिनामा ९७ सैनिक र सेना अधिकारीहरू गरी कुल १०५ सेनाका जवानहरूले त्यस्ता आतङ्कवादी हमलाहरूमा ज्यान गुमाएका छन्।
यसैगरी आक्रमणको सोही अवधिमा, १२८ आतंककारीहरू मारिएका छन् भने २७० पक्राउ परेको इन्टर(सर्भिसेज पब्लिक रिलेसन ९आईएसपीआर० को निर्देशनालयले बताएको छ।