सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार

२०७९ वैशाख २, ०४:३७ रासस

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस