अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय
काठमाडौंः नेपाल सरकारले ओकरिकी सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गरेको छ। सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता स्वकिार गर्ने पनर्णय भएको जानकारी दिए। त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए।