सुदूर नेपाललाई विश्वसँग जोड्दै

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु

२०७९ वैशाख २, ०५:४४ रासस

हनोइ : भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो। 

पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ। बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन्। उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ।  

“कोरोना भाइरसको उच्च जोखिम भएको बर्गलाई उच्च प्राथमिकता दिएर खोप लगाउने रणनीति अनुसार बालबालिकाको पालो अहिले मात्रै आएको हो,” एक अधिकारीले भने। यसअघि विरामी, अशक्त र जेष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो। -सिन्ह्वा 

कमेन्ट लोड गर्नुस