सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीयताविरोधी काम भइरहेका छन : जनार्दन शर्मा

। फोटो स्रोत ।
२०७५ माघ २१, ०२:२४

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै  शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको बताए। ‘देश आज उल्टो दिशामा गइरहेको छ। यो स्वीकार गर्न सकिँदैन,’ शर्माले भने, ‘सरकारले संविधान पालना गरिरहेको छैन। मैले सरकारको  विरोध गर्न खोजेको  होइन तर सरकारले विधेयक ल्याउँदा  संविधानअनुसार ल्याउनु परेन? कर्मचारी समायोजन गर्नु परेन? सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ?’ राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनकोा तर्क छ।

कमेन्ट लोड गर्नुस