सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रिसका राष्ट्रपति कोरोनाभाइरसबाट सङ्क्रमित

२०७९ वैशाख १, ०५:५४ रासस

एथेन्स : ग्रिसका राष्ट्रपति कटेरिना साकेल्लारोपौलौ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनको कार्यालयद्वारा जारी वक्तव्यमा उनलाई बुधबार सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ। 

उनलाई सामान्य लक्षण देखिएको र स्वास्थ्यमा भने कुनै समस्या नभएको अधिकारीहरूले जानकारी दिएका छन्। उनी अहिले घरमै क्वारेन्टाइनमा बसेर आराम गरिरहेको जनाइएको छ। यसअघि केही दिन पहिले प्रधानमन्त्री किरियाकोस मित्सोताकिश पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

उनी भने अहिले सङ्क्रमणमुक्त भइसकेका अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति र प्रधानमन्त्री दुवै जनाले कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाइसकेका थिए।-सिन्ह्वा 

कमेन्ट लोड गर्नुस