कैलाली बहुमुखी क्याम्पसमा राजनितिक हस्तक्षेप बढ्दै
सुदुरपश्चिम विश्व विद्यालय राजनितिकरण वढेर धरासायी बनेका वेला कैलाली बहुमुखी क्याम्पसमा पनि राजनितिक हस्तक्षेप बढ्दै गएको छ। विभिन्न विद्यार्थी संगठनहरुको दवदवा बढ्दै जाँदा बहुमुखी क्याम्पसमा राजनितिकरण बढेको हो। विद्यार्थी संगठन र स्ववियुले आफु निकटका विद्यार्थीलाई छात्रवृति दिने गरेका वास्तविक गरीब र जेहेन्दार विद्यार्थी सहुलियत पाउनबाट बन्चित भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी संख्याको १० प्रतिशतले छात्रवृत्ति पाउने व्यवस्था रहेको छ। गरिव जेहेन्दार पिछडिएको वर्ग लगायत अन्य उकृष्ट विद्यार्थीले हरेक वर्ष छात्रवृत्ति पाउने व्यवस्था कैलाली बहुमुखी क्याम्पसमा रहेको छ। तर छात्रवृति वितरणमा विद्यार्थी संगठनको हालीमुहाली बढ्दै गएको छ। कैलाली बहुमुखी क्याम्पसमा करिव १४ हजार विद्यार्थी रहेका छन।
त्यसको १० प्रतिशतले प्रत्यक वर्ष छात्रवृति पाउने व्यवस्था रहेको छ। जसमा बसोवास गरेको स्थान दुर्गम, पहाडी र तराई, दलित जनजाती, आर्थीक स्थीती, विद्यार्थीको दक्षता, एसईई पास गरेको विद्यालयको किसिम लगायतका अन्य प्रक्रियामा नम्बर दिने र उत्कृष्ट १० प्रतिशतले छात्रवृति पाउने व्यवस्था रहेको क्याम्पस प्रशासनले जनाएको छ। नम्बर दिने प्रवधान भने वसोवास गरेको स्थान एसईई प्रमाणपत्रको आधारमा दुर्गमलाई ८ पहाडीलाई, ७ र तराईलाई ६ नम्बर दिने व्यवस्था रहेको छ। यस्तै दलित, जनजाती थारु समुदायका लागि ७ अन्यका लागि ५ अघिल्लो तहको परिक्षाको प्राप्तांक प्रथम ७ द्धितीय ५ र तृतीयलाई ३, छात्रालाई ३, सामुदायीक विद्यालयबाट एसईई पासलाई ३ अन्य विद्यालय बाट एसईई पासलाई १, आर्थीक स्थीती अत्यन्त दयनिय १०, दयनिय ७, सामान्य ३ र आन्तरिक परिक्षको परिक्ष फल पासलाई १०, तीन विषय पासलाई ७ र वाकी लाई ५ नम्बर दिने व्यवस्था रहेको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धिरेन्द्र ठाकुरले बताए।
छात्रवृति दिनका लागि स्पष्ट मापदण्ड भएपनि बहुमुखी क्याम्पमा विद्यार्थी संगठन र स्ववियुका पदाधिकारीहरुको हालीमुहाली बढेपछि छात्रवृति वितरणमा अनियमितता भएको पाईएको छ। आफु निकटका विद्यार्थीहरुलाई छात्रृति दिन खोजेका कारण मिलीजुली भागवण्डा गर्दै आएका विद्यार्थी संगठनका नेताहरु अहिले छात्रवृति वितरणमा कुरा नमिलेपछि एक अर्कालाई आरोप प्रत्यारोपमा उत्र्रिएका छन्। छात्रवृति दिनका लागि लिईने अन्र्तवार्तामा स्ववियुका पदाधिकारीहरु पनि सहभागी भएपछि अन्य विद्यार्थी संगठनले त्यसको विरोध गरेका हुन्। तर भाग नपाउँदा कुरा बाहिर आएपनि सुदुरपश्चिमको धरोहरको रुपमा रहेको कैलाली बहुमुखी क्याम्पस पनि राजनितिकरणको शिकार हुन थालेको हो। छात्रवृत्तिको अन्तरवार्ताको परिक्षाको जिम्मा पाएका कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक ठाकुर प्रसाद ढुङ्गेलले विद्यार्थीको अन्तरवार्ता लिने क्रममा स्ववियुका पदाधिकारीले केही प्रश्न सोधेको कुरा सत्य भएको बताईसकेका छन्। विगतमा स्ववियुका पदाधिकारीको उपस्थितिमा छात्रवृतिको अन्तरवार्ता लिने परिपाटी रहेकोमा यसपाली स्ववियु पदाधिकारी नै अन्र्तवार्ता लिएको नेवि संघका नेता गुरुदेव केसी सुमनले बताए ।
छात्रवृति वितरणमा अनियमितता गरेको आरोप नेवि संघले स्ववियुलाई लगाएको छ। तर स्ववियुले भने विज्ञप्ती जारी गर्दै आफ्नो बचाउ गरेको छ। स्ववियुले नेवि संघले दुव्यहार गरेको आरोप लगाउँदै पन्छिएको छ। प्रत्यक वर्ष वितरण गरिदै आएको कैलाली बहुमुखी क्याम्पसको छात्रवृित वितरणमा राजनितीकरण गर्न खोजेको एउटा प्रतिनिधि घटना मात्रै हो। क्याम्पसका अधिकांश कामहरुमा स्ववियु र विद्यार्थी संगठनहरुको दवदवा रहँदै आएको छ। त्यसैले राजनिकिरणका कारण सुदुरपश्चिम विश्व विद्यालय धरासयी भएको सवैलाई थाहा भएका वेला अब कैलाली बहुमुखी क्यामपसमा बढ्दो राजनितिक हस्तक्षेप कम गर्दै हटाउन जरुरी छ। होईन भने यसको हालत पनि सुप विश्वविद्यालयको जस्तो बन्न समय लाग्ने छैन।