सुदूरपश्चिम महोत्सव आजदेखि
कैलाली उद्योग बाणिज्य संघको आयोजनामा सुदुरपश्चिम महोत्सव आजदेखि सुरु हुँदैछ । संघीय प्रहरी ईकाई कार्यालयको मैदानमा महोत्व सुरु हुन लागेको हो । महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुनेछ । हरेक बर्ष मंसीर २२ देखि शुरु हुने महोत्सव संघको निर्वाचनका कारण यस बर्ष आजदेखि सुरु हुन लागेको हो । दिउँसो २ बजे सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्धघाटन गर्नु हुने छ । सुदुरपश्चिमको कला संसकृति पर्यटन कृषि महिला उद्यमीलाई प्रोत्सहान गर्ने गरी यसपालीको महोत्सवमा स्थान दिईको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई सात बुँदे माग सहितको सात किलोको माला लगाईने भएको छ । यसअघि २१ बुँदे माग उठाउँदै आएकोमा ती मागहरु समय सापेक्ष पुरा हुँदै गएकोमा केही माग भने निजि क्षेत्रबाट पुरा भएपनि सरकारी स्तरबाट माग सम्बोधन हुन सकेको छैन । तर यसपाली संघले सात बुँदे माग प्रदेश सरकारलाई बुझाउने भएको छ । प्रदर्शनी स्थल सहित सेती अञ्चल अस्पतालको स्तरोन्नति गेटा विमानस्थलको स्तरोन्नति पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण लगायत सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएका मागहरु प्रदेश सरकारलाई बुझाईने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।