जेलमा रहेका पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड, पूजा उत्कृष्ट अभिनेत्री
काठमाडौँ: नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट नायक ठहरिएका हुन्।
सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । पलले पाएको अवार्ड भने चलचित्रको निर्मात्रीसमेत रहेकी पूजाले थापेकी थिइन्।