दार्चुलाको शैल्यशिखरमा कांग्रेसबाट पुनः धामी मेयरको उम्मेदवार
दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन्। हाल कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिकामा मेयरको जिम्मेवारीमा रहेका धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भएको कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा कांग्रेसले सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको पनि कांग्रेस शैल्यशिखरले जनाएको छ।