लागुऔषधसहित एक जना पक्राउ
काठमाडौंः लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।
हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो।
प्रहरीले उनको घरबाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ।