सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० फुट लामो पुल चोरी, जसमा थियो ५०० टन फलाम

२०७८ चैत्र २७, ११:३७ खबर संवाददाता

भारतको बिहारको सासाराम जिल्लामा ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ। समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको जनाएको छ।

उक्त पुलको वजन ५०० टन रहेको थियो र त्यसको निर्माण सन् १९७२ मा गरिएको थियो। न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले भने, "त्यो पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन।"

"उनीहरूले आफूहरू सिँचाई विभागबाट आएको र पुललाई लिएर जान लागेको बताएका थिए। त्यही भएर गाउँका मानिसहरूले यसबारे सूचना दिएनन्।" भारतीले उजुरी दर्ता गराएर अनुसन्धान थालिएको बताए।

भारतीय अनलाइन द प्रिन्टका अनुसार बिहारको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको उक्त पुल खतरनाक घोषणा गरिएपछि प्रयोगमा आउन छाडेको थियो।  स्थानीय बासिन्दाहरूले नजिकै बनाइएको पक्की पुल प्रयोग गर्दै आएका थिए।

 

कमेन्ट लोड गर्नुस